Chauthoanga - Nepali News Media
बंगलाचीमा १२ हजार ६२ जनाले हात्तिपाईले विरुद्धको आम औषधि सेवन गरे
बंगलाचुली गाउँपालिका वडा नम्वर ६ निवासी हात्तिपाईले संक्रमित व्यक्ति हाईत्तिपाईले विरुद्धको औषधि सेवन गर्दै । तस्वीर जिवन नेपाली

कमिरेचौर- बंगलाचुली गाउँलिकामा हाल सम्म १२ हजार ६२ जनाले हात्तिपाईले रोग विरुद्धको आम औषधि सेवन गरेका छन् । फागुन ११ गते देखि हिजो शनिवार सम्म गाउँपालिकाको ८ वटै वडा भरीका १२ हजार ६२ जना नागरिकले हात्तिपाईले रोग विरुद्धको आम औषधि सेवन गरेका हुन्।

 जसअनुसार बंगलाचुली गाउँपालिका वडा नम्वर एकको प्राथमिक स्वास्थ्य केन्द्र स्यूजा बाट १३ सय १५ जना, बंगलाचुली गाउँपालिकाल वडा नम्वर दुईको आधारभूत स्वास्थ्य केन्द्र बढिपोखरा बाट एक हजार ५८ जना,बंगलाचुली गाउँपालिका वडा नम्वर ३  को बंगलाचुली अस्पतालबाट ३ हजार १ सय १६ जनाले हात्तिपाईले रोगविरुद्धको आम औषधि सेवन गरेका छन् । 

त्यसैगरी बंगलाचुली गाउँपालिका वडा नम्वर ४ को आधारभूत स्वास्थ्य केन्द्र डाबार बाट १५ सय १२ जना,वडा नम्वर ५ को लोहारपानी स्वास्थ्य चौकीबाट १६ सय ३३ जना, वडा नम्वर छको आधारभूत स्वास्थ्यकेन्द्र भुटनेटाबाट ८ सय ७१ जना,वडा नम्वर ७ को आधारभूत स्वास्थ्य केन्द्र लाहापेबाट १२ सय २९ जना, वडा नम्वर ८ को हासिपुर स्वास्थ्यचौकी बाट १३ सय २८ जना र तापा स्वास्थ्य ईकाईबाट ५ सय ९१ जनाले हात्तिपाईले विरुद्धको आम औषधि सेवन गरेका छन् ।  

यस वर्ष गाउँपालिकामा २३ हजार ४ सय ५८ जनालाई हात्तिपाईले विरुद्धको आम औषधि खुवाउने लक्ष्य रहेको स्वास्थ्य शाखा प्रमुख ईद्राकुमारी घर्तिमगरले जानकारी दिनुभयो । उहाँका अनुसार बंगलाचुली गउँपालिकाको ८ वटै वडामा हात्तिपाईले रोग विरुद्धको आम औषधि खुवाउने कार्यक्रम फागुन २५ गते सम्म जारी रहने छ ।  
 

प्रकाशित मिति: आइतबार, फागुन १४, २०७९  १७:२६
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको