Chauthoanga - Nepali News Media
३० वैशाखमा कोरोना खोप कार्यक्रम सञ्चालन नहुने

काठमाडौः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ३० वैशाखमा कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन नहुने बताएको छ ।३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा स्वास्थ्यकर्मीहरु परिचालन हुने र स्थानीय स्वास्थ्यकर्मीहरुले पनि आफ्नो मताधिकार प्रयोग गर्नुपर्ने भएकोले उक्त दिन खोप कार्यक्रम बन्द हुने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै चुनावको अघि र पछिका दिनहरुमा खोप केन्द्रमा नियमित खोप अभियान सञ्चालन हुने जनाएको छ । छिमेकी मुलुक भारतमा कोराना संक्रमण बढ्दै गइरहेले मन्त्रालयले सतर्कता अपनाउन पनि आग्रह गरेको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख २५, २०७९  १३:३८
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको