Chauthoanga - Nepali News Media
बंगलाचुली गाउँपालिकाले दियो चैते दशैको  विदा 
बंगलाचुली गाउँपालिकाको नक्सा.png

कमिरेचौर - दाङको बंगलाचुली गाउँपालिकाले चैतेदशैको अवसरमा स्थानिय विदा दिने निर्णय गरेको छ ।बंगलाचुली गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय कमिरेचौरको आज बसेको कार्यपालिका बैठकले चैते दशैको अवसरमा एक दिन स्थानिय विदा दिने निर्णय गरेको हो ।  

गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले यस्तो निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेलले जानकारी दिनुभयो ।  स्थानिय विदामा गाउँपालिका भरीका सरकारी कार्यालयहरुमा विदा हुने उहाँले जानकारी दिनुभयो  । 
 

प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९  १५:२८
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको