Chauthoanga - Nepali News Media
चुनढुङ्गा ढुवानी गर्ने टिप्परहरुले समयको पालना नगरी जथाभावी गुड्दै 

कमिरेचौर - बंगलाचुली गाउँपालिकाबाट सिमेन्ट उद्योगका चुनढुङ्गा ढुवानी गर्ने टिप्परहरुले समयको पालना नगरी जथाभावी गुड्ने गरेका छन् ।समयको पालना नगरी संचालनमा आएका ७ वटा टिप्परहरुलाई बंगलाचुली गाउँपालिकाबाट खटिएको नगर प्रहरीले रोकेको छ। बंगलाचुली गाउँपालिकाको सर्वदलिय बैठकमा सिमेन्ट उद्योगको चुनढुङ्गा बोक्ने टिप्परहरु विहान ८ बजे देखि ११ बजे सम्म र दिउसो ३ बजेदेखि बेलुका ५ बजेको समयमा जहाँको त्यही रोक्ने सहमी भएको छ । 

विहान र दिउँसोको समयमा स्कुले विद्यार्थी,कार्यालयका साना सवारी साधन,नागरिकहरु ओहोर दोहोर गर्ने समय भएको भन्दै सो समयमा टिप्परहरु नचलाउने सहमति भएको थियो । तर सहमतिलाई लत्याउँदै  टिप्पर ड्राईभरहरुले जुसुकै समयमा पनि टिप्परहरु संचालन गरेका हुन् । 

जसले गर्दा नागरिकहरुलाई सडकमा यात्रा गर्न निकै सास्ति हुनेगरेको छ । बंगलाचुली गाउँपालिकामा घोरारी सिमेन्ट उद्योग लिमिटेड,सोनापुर सिमेन्ट उद्योग,सम्राट सिमेन्ट उद्योगका चुनढुङ्गा बोक्ने टिप्परहरु संचालन हुने गर्दछन् ।  

प्रकाशित मिति: बुधबार, चैत २२, २०७९  १७:५७
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको