Chauthoanga - Nepali News Media
प्यूठानको सरुमारानीमा मौन अवधिमा भोट माग्दै हिँडेका दुई समूहबीच झडप,४ घाईते

प्यूठान : प्यूठानको सरुमारानी गाउँपालिकामा दुई समुह विच झडप हुँदा ४ जना घाईते भएका छन् ।  सत्तारुढ गठबन्धनका समर्थक र नेकपा एमालेका समर्थकबीच भएको झडपामा ४ जना घाइते भएका छन् ।

मौन अवधिमा भोट मागेको विषयमा विवाद भएपछि गाउँमा भोट माग्दै हिँडेका दुई समूहबीच झडप भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा शंकर विश्वकर्मा, टेकेन्द्र मस्र्याङ्ग्री, गुमान सिंह लम्तरी र रमेश राना छन् । घाइते मध्ये रमेशलाई थप उपचारका लागि बुटवल लगिएको छ । ३ जनाको सरुमारानीमा नै उपचार भइरहेको प्रहरीले जानकारी दिएकोछ ।

प्रकाशित मिति: बुधबार, वैशाख २८, २०७९  १७:५८
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको