Chauthoanga - Nepali News Media
निर्वाचनलाई लक्षित गर्दै दाङमा १८ घण्टा सवारी साधन बन्द हुने
जिल्ला प्रशासन कार्यालय दाङको पत्र

दाङ: जिल्ला प्रशासन कार्यालय दाङले आज राति १२ बजे देखि भोली बेलुका ६ बजे सम्मलाई सम्पूर्ण सवारी साधन संचालनमा रोक लागएको छ । भोली बैशाख ३० गतेको निर्वाचनलाई लक्षित गरि दाङमा अनुमती प्राप्त र अत्याबस्यक सवारीका साधन बाहेक अन्य सबै सवारी साधन बन्द गउन निर्देशन जारी गरेकोछ ।

प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले आज एक सूचना जारी गर्दै आज राती १२ बजे देखि भोली बेलुका ६ बजे सम्म १८ घण्टा जिल्ला प्रशासन कार्यालयबाट पास लिएका र अत्याबस्यक सवारीका साधन बाहेक अन्य गाडीहरु सञ्चालनमा रोक लगाईएको उल्लेख गर्नुभएको छ ।

स्थानीय तह सदस्य निर्वाचन २०७९ को मतदानको दिन सवारी आवागमन व्यवस्थापन सम्बन्धी मापदण्ड २०७९ बमोजिम जिल्ला प्रशासनबाट पास लिएका र अन्य एम्बुलेन्स, खानेपानी ट्यांकर, दमकल, दूधबोक्ने, फोहोरमैला बोक्ने, सब बहान, अस्पताल सेवा, दूरसञ्चार तथा विद्युत सेवा लगाएत अत्याबस्यक क्षेत्रका गाडीहरु बाहेक अन्य सर्वाजनिक, नीजि सवारीका साधन चल्नमा रोक लगाईएको छ ।

निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष ढंगले सम्पन्न गर्नका लागि सवारी आवागमन व्यवस्थापन सम्बन्धीको नियम अनुसार गाडीहरु बन्द गर्नु परेका प्रशासनको भनाई छ ।

 

प्रकाशित मिति: बिहीबार, वैशाख २९, २०७९  १५:२२
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको