Chauthoanga - Nepali News Media
बंगलाचुलीको गहतेराका कृषकको खेत अविरल वर्षा पछि आएको बाढिले बगायो,लाखौँको क्षती

दाङ-  दाङको बंगलाचुलीमा मंगलबार अविरल वर्षा पछि आएको बाढिले भर्खरै रोपेको खेत कटान गर्नुका साथै धान पुरीदिएको छ । बंगलाचुली गाउँपालिका वडा नम्वर ४ मानाखोलाका स्थानियले धानरोपी सकेको खेत बाढिले कटान गर्दा चिन्तित भएका छन् ।अविरल वर्षापछि स्थानिय माना  खोलामा आएको बाढिले खेतमा क्षती पुराएको वडा अध्यक्ष डाँस बहादुर डाँगीले जानकारी दिनुभयो ।  
उहाँका अनुसार बंगलाचुली गाउँपलिका वडा नम्वर चार गहतेरा निवासी गुरुप्रसाद भण्डारीको चार रोपनी,युवराज डाँगी सानो को दश रोपनी,बसन्त विष्टको छ रोपनी , गिर बहादुर नेपालीको पाँच रोपनी , जिवराज डाँगीको चार रोपनी, झविन्द्र डागीको सात रोपनी खेत खोलाले बगाईदिएको छ । त्यसैगरी सन्तोष डाँगीको चार रोपनी,शिवलाल थापाको पाँचरोपनी र ठगेश्वर वलीको तिनरोपनी खेत बाढीले पुरीदिएको छ । यसैवी अविरल वर्षा पछी घोराही-गहतेरा-मुलावारी – हाँसीपुर सडक खण्डको गहतेरा सुकाखोला दोभानमा पहिरो खसेर अवरुद्ध भएको सडक सुचारु गरिएको छ । सडकमा खसेको पहिलो आज बुधबार हटाएपछी सडक सुचारु भएको वडा अध्यक्ष डाँस बहादुर डाँगिले जानकारी दिनुभयो । 

भर्खरै रोपेर सकेको धान र खेतलाई बाढिले खाईदिँदा कृषकहरु निकै चिन्तित भएका छन् । उनिहरुको लाखौ बराबरको क्षती हुनुका साथै मानो रोपेर मुरी फलाउने सपना चकनाचुर भएको छ । यसैवीच अविर वर्षा पछि आएको पहिरोका कारण बंगलाचुली गाउँपालिकाको दक्षणि क्षेत्रका सम्पूर्ण बाटाहरु अवरुद्ध भएको छ । गाउँपालिकाको वडा नम्वर चार,तिन,पाँच,छ,सात र आठका स्थानियहरु आवतजावत गर्ने सम्पूर्ण बाटाहरु अवरुद्ध भएको छ । 

त्यस क्षेत्रको घोराही- गहतेरा-मुलाबारी-जवरकोट र घोराही कोईराले-स्वामिघट,लामिदेवाली हुँदै लमहि जाने सडक पूर्णरुपमा अवरुद्ध भएको छ ।वर्षाका ठाउँ-ठाउँमा सडकमाथिबाट पहिरो खस्दा सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा कुनैपनि सवारीका साधन संचालन हुन सकेको छैन भने स्थानियलाई आवतजावतमा समस्या भएको छ ।   
 

प्रकाशित मिति: बुधबार, साउन १०, २०८०  २१:३६
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको