Chauthoanga - Nepali News Media
गाउँपालिका अध्यक्ष द्वारा बंगलाचुलीमा  बाढीले कटान गरेको खेतको स्थलगत अनुगमन

कमिरेचौर - बंगलाचुली गाउँपालिकाले बाढीले कटान गरेको खेतको स्थलगत अनुगमन गरेको छ । मंगलवार आएको बाढीका कारण किसानको खेत बगाएपछि गाँउपालिकाले बाढी प्रभावित क्षेत्रको स्थलगत अनुुगमन गरेको हो ।

गाउँपालिका अध्यक्ष तुलसीराम पुन मगरले बाढी प्रभावित क्षेत्र बंगलाचुली गाउँपालिका वडा नं. ३ मुलावारी र वडा नं. ८ को स्वामीघाटको स्थलगत अनुुगमन गर्नुुभएको हो । अध्यक्ष पुनले त्यस क्षेत्रका बाढी प्रभावित किसान र बाढीले बगाएको खेतको प्रत्यक्ष अनुगमन गर्नुुभएको हो ।

उहाँले बाढी प्रभावित किसानहरुलाई स्थानीय सरकारको तर्फबाट उचित राहातको व्यवस्थापनका लागि पहल गर्ने प्रतिबद्धता समेत स्थलगत अनुगमनका क्रममा वाढी पीडित किसानहरुलाई प्रतिवद्धता व्यक्त गर्नुभएको छ । मंगलवार आएको बाढीले बंगलाचुली गाउँपालिकाको विभिन्न स्थानमा झण्डै ५० रोपनी खेतमा क्षति पुर्याएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  २०:४६
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको