Chauthoanga - Nepali News Media
बंगलाचुलीमा रेडक्रस र गाउँपालिकाको सहकार्यमा डेंगु रोग नियन्त्रण तथा रोकथाम अभियान सुरु

366103592_321315403579478_1822476631423351966_n1691404579.jpgकमिरेचौर - नेपाल रेडक्रस सोसाइटी बंगलाचुली गाउँपालिका कमिरेचौर उपशाखाले गाउँपालिका संगको सहकार्यमा डेंगु रोग नियन्त्रण तथा रोकथामका लागि अभियान थालेको छ ।अभियानको पहिलो चरणमा उपशाखाले आज बंगलाचुलीका महिला स्वास्थ्य स्वयंमसेविकाहरु सँग डेङ्गु रोकथाम तथा नियन्त्रण सम्बन्धि अभिमुखिकरण कार्यक्रम गरेको छ ।अभिमुखिकरण कार्यक्रममा डेङ्गु रोग नियन्त्रण तथा यसबाट बच्ने उपायका विषयमा छलफल गरिएको छ ।

नेपाल रेडक्रस सोसाइटि कमिरेचौर उपशाखाका सभापती जीबन नेपालीको अध्यक्षता एवं बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जिसिको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै उपाध्यक्ष जिसीले बंगलाचुलीका जतालाई डेङ्गीरोगबाट बचाउनका लागि आफुहरु लागिरहेको बताउनुभयो । उहाँले संक्रामक जन्य रोगलाई निवारण गर्नका लागि गाउँपालिका तयारी अवस्थामा रहेको बताउनुभयो ।

कार्यक्रममा बंगलाचुली गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष शोभाराज विश्वकर्मा, वडा नम्बर ४ का अध्यक्ष डासबहादुर डाँगी, शिक्षा शाखा प्रमुख ओमप्रकाश केसि,सि अहेव दामोदर पुलामी लगायतले बोल्नु भएको थियो । नेपाल रेडक्रस सोसाइटी कमिरेचौर उपशाखाका कोषाध्यक्ष भिम बहादुर खत्रीको स्वागत मन्तव्यबाट सुरु भएको अभिमुखिकरण कार्यक्रममा सदस्य चेतनाथ पौडेलले कार्यक्रमको बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रमको प्रशिक्षकमा बंगलाचुली गाउँपालिका स्वास्थ्य शाखा प्रमुख इन्द्रा कुमारी घर्ति,प्रस्तावित बंगलाचुली अस्पतालका प्रमुख सिअहेव अधिकृत नेव बहादुर केसी रहनु भएको थियो ।

366063931_321315800246105_2056337369537719909_n1691404604.jpg

अभिमुखिकरण पछि बंगलाचुली गाउँपालिका कार्यालय,कमिरेचौरका बजार क्षेत्रमा डेङ्गुका जिवाणु फैलन सक्ने क्षेत्रमा जमेका पानीलाई फालिएको थियो । भने डेङ्गुका लार्भाहरुलाई नष्ट गरिएको थियो । यसैविच नेपाल रेडक्रस सोसाटी कमिरेचौर उपशाखाले विभिन्न ठाउँहरुमा डेङ्गुका लार्भा नष्ट गर्ने अभियान समेत चलाउने उपशाखा शभापती जीबन नेपालीले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकाको सम्भावित जोखिम रहेका क्षेत्रमा रेडक्रसमा आवद्ध स्वंयसेवकहरुमार्फत यस्तो अभियान संचालन गरिने छ ।

डेङ्गी एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको कीटजन्य रोग हो । यो लामखुट्टेले सफा पानीमा फुल पार्छ । यसको टोकाइबाट जोगिन घर भित्र र वरपर पानी जम्न नदिन, शरीर ढाक्ने कपडा लगाउन, खाल्डाखुल्डी पुर्न, खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्न, खाली भाँडाकुँडा घोप्ट्याएर राख्न तथा सुत्ने बेला झुलको प्रयोग गर्न डाक्टरको सुझाव छ । डाक्टरले आउँदो कात्तिक महिनाको अन्तिमसम्म नै डेङ्गीको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरेका छन् ।

प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  १६:१७
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको