Chauthoanga - Nepali News Media
बंगलाचुलीमा जंगली च्याउ खाँदा एकजनाको ज्यान गयो    

कमिरेचौर - दाङको बंगलाचुलीमा जंगली च्याउ खाएर विरामी परेका मध्य एक जनाको मृत्यु भएको छ । 
जंगली च्याउ खाँएर विरामी परेकी बंगलाचुली गाउँपालिका वडा नम्वर ४ निवासी ११ वर्षकी अस्मिता सुनारको मृत्यु भएको उहाँका हजुर बुवा दिनेश नेपालीले जानकारी दिनुभयो । उहाँका अनुसार अस्मितालाई राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार पछी थप उपचारका लागि वुटवल लगेकोमा उतै मृत्यु भएको हो । 
मृतक अस्मिताको आमा २७ वर्षिया ईश्वरी सुनारको पनि अवस्था गम्भिर रहेको पाईएको छ । उहाँलाई राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा आईसियुमा राखेर उपचार भईरहेको छ । भने उहाँका श्रीमान अजय सुनारको पनि सोही अस्पतालमा उपचार भईरहेको छ । 
 
 

प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  १७:४६
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको