Chauthoanga - Nepali News Media
बंगलाचुलीमा  जंगली च्याउ खाएर विरामी परेका अर्को एकजनाको पनि ज्यान गयो 

दाङ- दाङको बंगलाचुली गाउँपालिकामा जंगली च्याउ खाएर विरामी परेका एकै घरका दुईजनाको ज्यान गएको छ । भने अर्का एकजना गम्भिर विरामी भएका छन् । साउन २८ गते साँझ बंगलाचुली ४ भित्ताला जंगलबाट खोजेर ल्याएको जंगली च्याउ खाएर विरामी परेका तिन जना मध्य दुईजना अर्थात एकै घरका आमाछोरीको ज्यान गएको हो । 

जंगली च्याउ खाएर गम्भिर विरामी परेकी बंगलाचुली ४ मैकुटीमा वस्दै आएकी २७ वर्षिया ईश्वरी सुनारको उपचारका क्रममा आज ज्यान गएको हो । सुनारको राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा आज ज्यान गएको हो । 

यस अघि उहाँको ११ वर्षकी छोरी अस्मिता सुनारको साउन ३२ गते ज्यान गईसकेको छ । यसैविच मृतक ईश्वरी सुनारका श्रीमान अजय सुनारको पनि अवस्था निकै गम्भिर रहेको पाईएको छ । उहाँको अहिले राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भईरहेको छ । मृतक ईश्वरी सुनारको एक वर्ष नपुगेका एक वालक,आठ वर्ष र चार वर्षकी दुई छोरी रहेका छन् । 
 

प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०  १३:०६
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको