Chauthoanga - Nepali News Media
बंगलाचुली गाउँपालिकाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न 

कमिरेचौर - दाङको बंगलाचुली गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० मा ९७ प्रतिशत कार्य प्रगति गरेको छ । गाउँपालिकाको ८ वटा वडा तथा सम्पूर्ण विषयगत शाखाको वार्षिक प्रगति समिक्षाको आधारमा समग्र गाउँपालिकाको प्रगती ९७ प्रतिशत पुगेको तथ्याङ्कले देखाएको हो । गाउँपालिकाले पालिकाको सेवा प्रवाह,विकास निर्माण लगायत विभिन्न क्षेत्रको अवस्थालाई चुस्तराख्दै पालिकालाई अब्ल बनाउनका लागि पालिका मातहतका सबै कार्यालयहरुबाट कार्यप्रगतिको विवरण लिएको हो । 
गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० को समग्र अवस्थाको वार्षिक समिक्षा गरेको छ । बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनगरको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा बंगलालचुली गाउँपालिका वडा नम्मर एक देखी आठ सम्मका वडा कार्यालयहरुले आर्थिक वर्ष २०७९/०८० को वार्षिक विवरण प्रस्तुत गरेका थिए । 
वडा नम्वर एक बाट टोपेन्द्र वली ,दुई बाट पिमा कवर मगर , तिन र चार बाट वेदुराम पाण्डेय,पाँच बाट गोकर्ण बुढा,छ बाट दाम बहादुर घर्ती,सात बाट हरिकला बुढा र आठ बाट प्रकाश जैशीले वडाको विवरण प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी गाउँपालिकाका सबै स्वास्थ्य चौकी,आधारभूत स्वास्थ्य ईकाइका प्रमुखहरुले स्वास्थ्य संस्थाको विवरण प्रस्तुत गरेका थिए ।बंगलाचुली अस्पतालका तर्फबाट धन बहादुर पुन,भुटनेटा,तापा,लाहापे आधारभूत स्वास्थ्य ईकाइको तर्फबाट क्रमश बासुदेव महरा,छवीलाल डाँगी,प्रेम बहादुर घर्ती लगाएतले प्रगती विवरण राख्नुभएको थियो ।त्यसैगरी रेडियो बंगलाचुलीको तर्फबाट स्टेशन म्यानेजर जीबन नेपाली,समाजवीकास संञ्जालको तर्फबाट बासुदेव भण्डारीले विवरण प्रस्तुत गर्नुभएको थियो । 
त्यसैगरी शिक्षा शाखा प्रमुख ओम प्रकाश केसी,स्वास्थ्य शाखा प्रमुख नेव बहादुर केसी,योजना शाखा प्रमुख नुमाकान्त कालाथोकी,भौतिक पूर्वाधार शाखा प्रमुख विकेश न्यौपाने ,राजस्व शाखा प्रमुख महेन्द्र शर्मा, पशु शाखा प्रमुख गोविन्द नेपाली, कृषि शाखाका अस्मिता तिमिल्सैना,पञ्जिकरण शाखाका कमल कवर  मगर, उद्यमविकास सहजकर्ता विरेन्द्र चौधरी लगाएतले शाखाको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । 
वडा तथा विषयगत शाखाहरुको प्रगति समिक्षा पछि गाउँपालिकाका प्रशासन शाखा प्रमुख गोपाल केसी,आर्थिक प्रशासन शाखा प्रमुख नारायण प्रसाद आचार्यले समग्र गाउँपालिकाको अवस्थाको वारेमा जानकारी गराउनुभएको थियो । 
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेल,वडा नम्वर एकका अध्यक्ष विष्णु कवर,दुईका मैते पुनमगर,तिनका शोभाराज विश्वकर्मा, चारका डाँस बहादुर डाँगी,पाँचका लिला बहादुर घर्ती,छका डोम बहादुर केसी,सातका गिर बहादुर थापा र आठका झविन्द्र बहादुर गाहामगरले बोल्नुभएको थियो ।कार्यक्रममा बोल्दै वडा अध्यक्षहरुले वडा तथा समग्र पालिकाको विकासका लागि आफुहरुले निरन्तर जनपक्षिय काम गर्ने बताएका छन् । उनिहरुले गाउँपालिकाको प्रगतिको उपलब्धिको दरलाई वढाउनका लागि हरेक क्षेत्रको कामलाई प्रभावकारी तरिकाले गर्न आफूहरु प्रतिवद्ध रहेको बताएका छन् ।  
कार्यक्रममा कार्यपालिका सदस्यहरु गणेश विश्वकर्मा,सुमा घर्ती, लगाएत विभिन्न शाखाका प्रमुख तथा प्रतिनिधिहरुको कार्यक्रममा सहभागीता रहेको थियो । बुंगलाचुली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेलले विषय प्रवेश गराउनुभएको कार्यक्रमको सहजिकरण प्रशासन शाखा प्रमुख गोपाल केसीले गर्नुभएको थियो । 
 

प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  २१:२०
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको