Chauthoanga - Nepali News Media
बंगलाचुलीको बदनाम गरेर कसैको भलो हुँदैन : अध्यक्ष पुन 

कमिरेचौर- बंगलालचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरले केही समूह व्यक्तिहरुले बंगलाचुली गाउँपालिकाको बदनाम गर्ने काम भएको भन्दै आपत्ति जनाउनु भएको छ । अध्यक्ष पुनले राजनीतिक प्रतिसोध राखेर बंगलाचुलीको बदनाम गर्दै आफु स्थापित हुन्छु भन्ने सोचराख्नेहरुको सपना कदापी पुरानहुने बताउनु भएको छ । आफ्नो गाउँ,ठाउँको बदाम गरेर,विरोध गरेर कसैको पनि भलो नहुँने बताउनुभयो । 

बंगलाचुली गाउँपालिकाले आज आयोजना गरेको आर्थिक वर्ष २०७९/०८० को  वार्षिक समिक्षा कार्यक्रममा बोल्दै अध्यक्ष पुनले यस्तो बताउनुभएको हो । उहाँले आफुले हरेक क्षेत्रमा राजनीतिक सहकार्य गर्दै अगाडि बढ्न चाहेपनि कतिपयबाट गैरराजनीतिक चरित्र प्रदशन भईरको बताउनुभयो । कार्यक्रममा बोल्दै उहाँले बंगलाचुलीको विकासका लागि दिर्घकालिन फाईदा हुने योजनाको छनौट गर्नुपर्ने बताउनु भएको छ । उहाँले आगामी दिनहरुमा मागका आधारमा भन्दा ठाउँ र परिभेषको आवश्यकताको आधारमा योजनाहरु निर्माण गरीने बताउनुभएको छ । वार्षिक समिक्षा कार्यक्रममा बोल्दै अध्यक्ष पुनमगरले हिजोका दिनमा बनेका योजनाहरुको संरक्षण गर्दै त्यसबाट पालिकाले फाईदा लिनेगरी काम गर्न वडाका अध्यक्षहरुलाई निर्देशन समेत दिनुभयो । साथै उहाँले गाउँपालिकाको समग्र शुशासनलाई गुणात्मक विकास हुनेगरी काम गर्न सबैलाई निर्देशन दिनुभयो । उहाँले कर्मचारीहरुलाई आफ्नो जिम्मेवारीलाई जिम्मेवारीता पूर्वक निभाउन समेत निर्देशन दिनुभयो । 

यसैगरी कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जिसीले गाउँपालिकाले गरेको प्रगतिको अवस्था राम्रो रहेको भन्दै खुसी व्यक्त गर्नु भयो । उपाध्यक्ष जिसीले चुनावका वेला जनताको माझमा गरेको प्रतिवद्धता अनुसारका काम गर्नु आफुहरुको मुल लक्ष्य रहेको बताउनुभयो । उहाँले चुनावका क्रममा आफुहरुले जनताको विचाका गरेको प्रतिवद्धताका विभिन्न बुधाहरुमा आफु सचेत रहेको बताउँदै जनताको लागि काम गर्न  सबैले आफ्नो क्षेत्रबाट लाग्नु पर्नेमा जोड दिनुभयो । उहाँले गाउँपालिकाका हरेक नागरिकलाई महसुस हुनेगरी काम गर्नका लागि सबैले एक अर्कोमा सहयोगी भावनाका साथ काम गर्नुपर्ने बताउनु भयो । 

369048936_1008307237027610_5569580463056879989_n1692546085.jpg

प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  २१:२३
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको