Chauthoanga - Nepali News Media
रोजगारीको लागि  कोरियामा पुगेका बंगलाचुलीका युवाहरुले गरे च्याउखाएर गम्भिर विरामीपरेका सुनारको उपचारका लागि आर्थिक सहयोग 

कमिरेचौर - रोजगारीको लागि कोरिया पुगेका बंगलाचुली गाउँपालिका र घोराहीका दाङका युवाहरुले बंगलाचुलीमा च्याउ खाएर गम्भिर विरामी परेका विरामीको उपचारका लागि आर्थिक सहयोग गरेका छन् । दाङको बंगलाचुली गाउँपालिका वडा नम्वर ६ घर भई हाल बंगलाचुली ४ मैकुटिमा बस्दै आउनुभएका अजय सुनारको उपचारका लागि कोरियामा बस्दै आएका युवाहरुले एकमुष्ट ६ लाख ७१ हजार ३ सय ३६ कोरियन वन अर्थात अन्तराष्ट्रिय विनिमय दर अनुसार नेपाली ६५ हजार ८ सय ६९ रुपँया आर्थिक सहयोग गरेका हुन् । 

जसमा बंगलाचुली गाउँपालिका ५ साकिने निवासी होताराम वलीले ५० हजार,बंगलाचुली ४ फाँटा निवासी तकमान घर्ती मगरले ५० हजार , बंगलाचुली ६ भित्रीखोला निवासी अर्जुन क्षेत्रीले ५० हजार ,घोराही २ रामपुर निवासी ओवीराम महराले ५० हजार  , बंगलाचुली ८ टिकुली दमार निवासी विवेक खत्रीले ४० हजार, बंगलाचुली ५ साकिने निवासी ईमानसिङ घर्तीमगरले ३५ हजार, बंगलाचुली ४ कमिरेचौर निवासी खिमान सिङ थापाले ३० हजार ,बंगलाचुली ३ मुलावारी निवासी प्रकाश चन्द्र घर्ती मगरले ३३ हजार ३ सय ३३ कोरियन वन विरामी सुनारको उपचारका लागि सहयोग गर्नुभएको छ । 

369066884_1008737970317870_6626808419680028673_n1692625613.jpg

त्यसैगरी बंगलाचुली ५ मुर्कुटी निवासी हेम बहादुर वलीले ३० हजार , बंगलाचुली ५ फलिदे निवासी झम्मन सिङ बुढामगरले ३० हजार,बंगलाचुली ५ फलिदे निवासी बोम बहादुर महराले ३० हजार , घोराही निवासी माधव आचर्यले २१ हजार , घोराही १७ चौघेरा निवासी अर्जुन वलीले २१ हजार , बंगलाचुली ५ कुडुले निवासी झग्गु प्रसाद वलीले २१ हजार , घोराही ट्राफिक टोल निवासी किसन वलीले २० हजार कोरियन वन विरामी सुनारको उपचारका लागि  सहयोग गर्नुभएको छ । 

त्यसैगरी घोराही बेलुला निवासी पूर्ण वलीले २० हजार , बंगलाचुली ६ गँदारी निवासी भानुभक्त वलीले २० हजार , बंगलाचुली ५ झेलनेटा निवासी नेमराज महराले २० हजार , बंगलाचुली ७ जेलबाङ निवासी डोम बहादुर सोतीमगरले २० हजार,घोराही निवासी डम्बर खत्रीले २० हजार , बंगलाचुली ५ मुर्कुटी निवासी सुरेश वलीले ३० हजार , बंगलाचुली ५ कोलह निवासी हर्क बहादुर बुढाले ३० हजार कोरियन वन सुनारको उपचारका लागि सहयोग गर्नुभएको छ । 

युवाहरुले पठाएको सो रकमलाई आज सोमबार बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगर,उपाध्यक्ष भक्त बहादुर जिसी,वडा नम्वर ३ का अध्यक्ष शोभाराज विश्वकर्माले विरामी अजय सुनारका वुवा हस्त बहादुर सुनारलाई हस्तान्तरण गरीदिनुभएको छ । बंगलाचुली ५ निवासी युवा नेता तथा सामाजिक अगुवा गोपिराम थापाको समन्वयमा कोरिया रोजगारीका लागि पुग्नुभएका बंगलाचुली ६ भित्री खोला निवासी अर्जुन क्षेत्री  र बंगलाचुली ५ साकिने निवासी होताराम वलीको सक्रियतामा कोरियामा आर्थिक सहयोग संकलन गरिएको थियो ।

कोरियामा संकलित रकम सामाजिक अगुवा गोपिराम थापाको बैँक खाता मार्फत विरामी समक्ष पुराईएको थियो ।कोरियामा रहेका युवाहरुको चाहाना अनुसार संकलित आर्थिक सहयोग रकमलाई व्यवस्थितरुपमा एकद्वार प्रणालीबाट प्रदान गर्ने लक्ष्य बमोजिम गाउँपालिकाका अध्यक्ष,उपाध्यक्ष र वडा अध्यक्षको रोहवरमा विरामीलाई हस्तान्तरण गरीएको हो ।

369196948_1008738133651187_5081514288135265442_n1692625634.jpg

सो अवसरमा बंगलाचुली ५ निवासी युवा नेता तथा सामाजिक अगुवा गोपिराम थापा,रेडियो बंगलाचुलीका स्टेशन म्यानेजर जीबन नेपाली,विरामीका आफन्त लगाएतको सहभागिता रहेको थियो । यस्तै बंगलाचुली ५ लोहारपानी निवासी दलबहादुर वलीले पनि विरामी सुनारको उपचारका लागि ३५ हजार कोरियन वन सहयोग गर्नुभएको छ । सो रकम बंगलाचुली ५ निवासी युवा नेता तथा सामाजिक अगुवा गोपिराम थापा मार्फत विरामी समक्ष पुराईने छ । 

यसैविच बंगलाचुली गाउँपालिका अध्यक्ष , उपाध्यक्षले च्याउँखाएर विरामी परेका सुनारको उपचारमा सहयोगर्ने सम्पूर्ण युवाहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको छ । उहाँहरुले आर्थिकरुपमा विपन्न व्यक्तिहरुको उपचारका लागि युवाहरुले गरेको आर्थिक सहयोग नमुना योग्य तथा उदाहरणिय काम भएको समेत बताउनुभयो ।  

प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  १९:२९
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको