Chauthoanga - Nepali News Media
तुलसीपुरमा गठबन्धनलाई हराउँदै एमाले विजयी

दाङः दाङको तुलसीपुर उपमहानगरपालिमा सत्ता गठबन्धनलाई हराउँदै मेयर उपमेयर दुवैमा नेकपा एमाले विजयी भएको छ । एमालेबाट नगरप्रमुखका उम्मेवदवार टिकाराम खड्का र उपप्रमुखकी उम्मेदवार स्यानी चौधरी भारी मतका साथ विजयी हुनुभएको हो ।

एमालेका खड्काले नेपाली कांग्रेस गेहेन्द्र गिरीलाई ३ हजार ६९१ मतअन्तरले पराजित गर्दै विजयी हुनुभयो  । खड्काले ३१ हजार ४०८ मत प्राप्त गरे भने गिरीले २७ हजार ७१७ मत प्राप्त गर्नुभयो ।गठबन्धनबाट उम्मेदवार बनेका गिरी अघिल्लो चुनावमा पनि एमालेका घनश्याम पाण्डेसँग पराजित हुनुभएको थियो । गिरी पूर्व सांसद समेत रहनुभएको छ ।

यस्तै उपप्रमुखमा चौधरीले गठबन्धनबाट एकिकृत समाजवादीका जोगबहादुर रानालाई ९ हजार ५३२ मतअन्तरले पराजित गर्नुभयो । चौधरीले ३० हजार ५९७ मत प्राप्त गर्दा रानाले २१ हजार ६५ मत प्राप्त गर्नुभएको छ । रानाले मतपरिणाम आउनु आगवै हार्ने निश्चित भएपछि नेकपा एकीकृत समाजवादीको जिल्ला इन्चार्जबाट राजीनामा दिनुभएको थियो ।

तुलसीपुरमा १९ वटा वडामध्ये १० वटा एमाले, ५ वटा कांग्रेस, ३ वटा माओवादी र स्वतन्त्रबाट एकजनाले जितेका छन् । तुलसीपुरमा ७३ हजार मत खेसेको थियो ।

प्रकाशित मिति: बुधबार, जेठ ११, २०७९  १५:४२
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको