Chauthoanga - Nepali News Media
पूर्व सभामुख कृष्णबहादुर महरालाईहाजिर जमानीमा छाड्न सीआईबीले माग्यो सहमति

काठमाडौँ - सुन प्रकरणमा पक्राउ परेका पूर्व सभामुख कृष्णबहादुर महरालाई हाजिर जमानीमा रिहा गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सरकारी वकिलसँग सहमति मागेको छ । स्वास्थ्य अवस्थाका कारण उहाँलाई हाजिर जमानीमा छाड्न अनुसन्धान अधिकृतले जिल्ला सरकारी वकिल कार्यालयका अधिकारीसँग सहमति मागेका हुन् ।

जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालले सो मुद्दा हेरिरहनु भएको छ ।  कटुवालले स्वीकृति दिएमा महरा हाजिर जमानीमा रिहा हुनुहुने छ ।  २०७९ पुस १० मा चिनियाँ नागरिक लि हासोङ्गले ७३० थान इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर ल्याएको सुनमा महरा संलग्न भएको आशंकमा सीआईबीका अनुसन्धान अधिकृतहरूले अनुसन्धान गरिरहेको छन् ।

भेपमा सुन ल्याउने गिरोहका चिनियाँ सुन तस्कर दाओजिन वाङसँग ‘कनेक्सन’ देखिएपछि सुन तस्करी जाँचबुझ आयोगले उनलाई सङ्गठित तस्करी गरेको कसुरमा मुद्दा चलाउन सिफारिस गरेको थियो ।  महरामाथि सीआईबीका डीएसपी सुन्दर तिवारी नेतृत्वको टिमले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८०  १२:५६
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको