Chauthoanga - Nepali News Media
आईपीएल क्रिकेट: आजहैदराबाद  र मुम्बई  खेल्दै

काठमाडौं - इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबाद खेल्दैछन् ।

खेल हैदराबादमा नेपाली समय अनुसार राति पौने ८ बजेदेखि सुरु हुनेछ ।

यसअघिको पहिलो खेलमा मुम्बई गुजरात टाइटन्ससँग र हैदराबाद कोलकाता नाइट राइडर्ससँग पराजित भएको थियो ।

सनराइजर्स हैदराबादको कप्तान अस्ट्रेलियाका कप्तान प्याट कमिन्स र मुम्बईको हार्दिक पाण्डेय छन् ।

प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  १२:३२
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको