Chauthoanga - Nepali News Media
आईपीएल क्रिकेटमा आज राजस्थान रोयल्स र दिल्ली क्यापिटल्स भिड्दै

काठमाण्डौ -  आईपीएल क्रिकेटमा आज राजस्थान रोयल्स र दिल्ली क्यापिटल्स खेल्दैछन् । खेल बेलुका पौने ८ बजे जयपुरमा शुरु हुनेछ ।  राजस्थानले पहिलो खेलमा लखनउ सुपर जायन्ट्सलाई हराएको थियो भने दिल्ली, पञ्जाव किंग्ससँग पराजित भएको थियो ।

आईपीएल क्रिकेटमा गएराति सनराइजर्स हैदराबादले मुम्बई इन्डियन्सलाई हराएको छ । विभिन्न कीर्तिमान बनेको खेलमा हैदराबादले मुम्बईलाई ३१ रनले हराएको हो ।

 हैदराबादले २० ओभरमा ३ विकेट गुमाएर २ सय ७७ रन बनाएको थियो । आईपीएल क्रिकेटमा यो अहिलेसम्मकै धेरै रन हो । 

प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  १४:०४
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको