Chauthoanga - Nepali News Media
पल शाहलाई थुनामै राख्न अदालतकाे आदेश
फाईल तस्बिर

काठमाण्डाै: जबरजस्ती करणीको आरोपमा पक्राउ परेका अभिनेता पल शाह (पूर्णविक्रम शाह) लाई उच्च अदालत पोखराले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ । 

उच्च अदालतका न्यायाधीशद्वय उज्वल शुक्ल र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले शाहलाई पुर्पक्षका लाथि थुनामा पठाउने तनहुँ अदालतकै फैसला सदर गरेको उच्च अदालत पोखराका उपरजिस्टार तथा सूचना अधिकारी विष्णुप्रसाद आचार्यले जानकारी दिनुभयो ।    

नाबालिकालाई जबरजस्ती करणीको अभियोगमा तनहुँ कारागारमा पुर्पक्षका लागि थुनामा रहेका शाहले उच्च अदालत पोखरामा निवेदन दिएका थिए । शाहका तर्फबाट कानुन व्यवसायीले तनहुँ जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध गएकाे मङ्गलवार निवेदन दिएका हुन् । तनहुँ जिल्ला अदालतको चैत १० को आदेशले शाहलाई पुर्पक्षका लागि जेल चलान गरेको थियो ।

प्रकाशित मिति: बिहीबार, जेठ १९, २०७९  २०:०५
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको