Chauthoanga - Nepali News Media
भारतमा जारी एसएमएस कप टी–२० क्रिकेट शृङ्खलामा आज नेपाल र बरोडा खेल्दै

काठमाण्डौ – भारतमा जारी एसएमएस फ्रेन्डशिप कप टी–२० क्रिकेट शृङ्खलामा आज नेपाल र बरोडाबीच खेल हुँदैछ । लिग चरणको अन्तिम खेल नेपाली समय अनुसार पौने ३ बजे मेघपन स्पोर्ट्स लाइफ ग्राउण्डमा सुरु हुनेछ। 

नेपालले यसअघि शुरुका तिनै खेल जितेर फाइनलमा पुगिसकेको छ । यस्तै गुजरातले बरोडालाई दुवै खेलमा पराजित गर्दै फाइनलमा पुगेको छ। बुधवार भएको खेलमा नेपालले गुजरातलाई ८ रनले हराएको थियो ।

त्यसअघिका खेलमा नेपालले बरोडालाई २७ रनले र गुजरातलाई ८ विकेटले हराएको थियो । टी–२० क्रिकेट शृङ्खलाको फाइनल खेल पर्सि  आइतवार  हुनेछ ।नेपालले ओमानमा हुने एसीसी प्रिमियर कपको तयारी स्वरुप सिरिज खेलेको हो। त्यसपछि नेपाल त्यहिँबाटै ओमान जानेछ। 

प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  ०८:१५
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको