Chauthoanga - Nepali News Media
समाजिक सुरक्षा तथा पञ्जीकरण सम्बन्धि नागरिक सचेतना अभिमुखिकरण कार्यक्रम सुरु

कमिरेचौर - "समाजिक सुरक्षा तथा पञ्जीकरण सम्बन्धि दुईदिने नागरिक सचेतना अभिमुखिकरण कार्यक्रम" आज देखि बंगलाचुली गाउँपालिकामा सुरु भएको छ । बंगलाचुली गाउँपालिका सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाको आयोजनामा अभिमुखिकरण कार्यक्रम सुरुभएको हो ।

बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरको अध्यक्षतामा अभिमुखिकरण कार्यक्रम सुरुभएको हो । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष पुनमगरले जनतालाई सरकारको अनुभुती महसुस गराउने ठाउँ वडा कार्यालय रहेको बताउनु भएको छ । उहाँले वडा कार्यालय संग जनताका हरेक कामकाजहरु जोडिएको बताउँदै जनतालाई सहज छिटो र सहजतरिकाले सेवा दिनसकेमा जनतालाई सरकारको अनुभुती गराउन सकिने बताउनुभयो ।

अध्यक्ष पुनले गाउँघरमा रहेका सिमान्तकृत,गरिव,विपन्न,समुदायका जनतालाई सेवाको पहुँचमा ल्याउनु,तथा उनिहरुलाई सरकारले दिने सेवाको वारेमा वुझाउने काम वडा कार्यालयले गर्नुपर्नेमा जोड दिनुभयो । यस्तै कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जिसीले नागरिकलाई सेवा प्रवाह गर्नेठाउँमा रहेका हरेकलाई कानुनको जानकारी हुन आवश्यक रहेको बताउनुभयो । उपाध्यक्ष जिसीले कानुनलाई जान्दैन भनेर कसैले पनि छुट नपाउने प्रावधान रहेता पनि सेवा दिने ठाउँमा रहने हरेकलाई अझधेरै कानुनको ज्ञान हुनुपर्ने बताउनुभयो । उहाँले पन्जिकरण सम्बन्धि तालिमले गाउँपालकाका कर्मचारीहरुलाई अझधेरै कामगर्न सहज हुने समेत बताउनुभयो ।

बंगलाचुली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेलको स्वागत मनतव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण बंगलाचुली गाउँपालिका सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा प्रमुख कमल कवर मगरले गर्नुभएको थियो । । कार्यक्रममा गाउँपालिकाका ८ वटै वडाका अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा सचिवहरु र सामाजिक परिचालकहरुको सहभागिता रहेको छ । कार्यक्रमको मुख्य प्रशिक्षकमा दिवाकर योगि रहनु भएको छ । तालिम भोलि सम्म चल्ने छ ।

 

 

प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  १७:०५
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको