Chauthoanga - Nepali News Media
छोरी हत्याको आरोपमा १५ वर्षीया आमा पक्राउ


दाङः दाङमा छोरी हत्या गरेको आरोपमा १५ वर्षीया आमा पक्राउ परेका छन्। 

उनलाई हत्या आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिनुभयो। 
राप्ती गाउँपालिका-३ की १५ वर्षीया आमाले जेठ ९ गते छोरीलाई जन्म दिएकी थिइन्। 

काफ्लेका अनुसार मंगलबार छोरी रोएपछि उनले स्तनपान गराउन थालिन्। तर दूध नपाएपछि शिशु रूने क्रम रोकिएन। 
त्यसपछि आवेगमा आएर ती किशोरी आमाले आफ्नी नाबालिका छोरीलाई सेप्टिक ट्याङ्कीमा फालेको प्रहरी उपरीक्षक काफ्लेले बताउनुभयो । 

ती बालिका माइतीमा बस्दै आएकी थिइन्। हाल कामको सिलसिलामा मुस्ताङमा रहेका स्थानीय २२ वर्षीय विकास घर्तीले ती किशोरीसँगको आफ्नो सम्बन्ध स्वीकार गरेको एसपी काफ्लेले जानकारी दिनुभयो । 

‘एक वर्ष पहिले, १४ वर्षको उमेरदेखि नै ती किशोरी र घर्तीको बीचमा सम्बन्धहरू भएको देखिन्छ,’ एसपी काफ्लले भन्नुभयो ‘ मुस्ताङमा रहेका घर्तीलाई झिकाएपछि थप कुरा खुल्ने छ।’

शिशुको शवको पोष्टमार्टमका लागि अस्पताल पठाइएको छ ।

प्रकाशित मिति: बुधबार, जेठ २५, २०७९  १२:४२
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको