Chauthoanga - Nepali News Media
दाङमा गोठ भत्किँदा दुई वर्षीया बालिकाकाे मृत्यु

दाङ: दाङमा गोठ भत्किँदा एक वालिकाको मृत्यु भएको छ । दाङको घोराही उपमहानगरपालिका-९ मा गोठ भत्किँदा दुई वर्षीया बालिका अबिता खातुनको ज्यान गएको हो ।

घोराही उपमहागनरपालिका-९ मा आज बिहान माटोले बनेको गोठ भत्किँदा च्यापिएर  इब्राहिम मियाकी दुई वर्षीया छोरी अबिता खातुनको ज्यान गएको हो।गोठ भत्किएर गम्भीर घाइते भएकी बालिकाको उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो । उनको उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

प्रकाशित मिति: शनिबार, असार ३२, २०७९  १४:५१
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको