Chauthoanga - Nepali News Media
बंगलाचुली  गाउँपालिका स्तरिय तेस्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

कमिरेचौर - दाङको बंगलाचुली गाउँपालिकामा बंगलाचुली गाउँपालिका स्तरिय तेस्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता आज देखि सुरु भएको छ । बंगलाचुली गाउँपालिका वडा नम्वर ७ सरस्वती मावी जवरकोटको आयोजना तथा व्यवस्थापनमा प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगितामा विभिन्न विधाका खेलकुदमा विद्यार्थिहरुले प्रतिस्पर्धा गर्नेछन् । जसमा दौद तर्फ छात्रा एक सय,दुईसय,चार सय,आठ सय ,पन्ध्र सय मिटर त्यस्तै छात्र तर्फ एक सय,दुईसय,चार सय,आठ सय ,पन्ध्र सय र तिनहजार मिटर,लिले दौड तर्फ छात्र छात्रा सय गुणा सय र चार सय गुणान चार ,हाईजम्प छात्र छात्रा,लङ्ग जम्प, छात्र छात्रा,ट्रिपल जम्म छात्र छात्रा,सटफुट छात्र छात्रा, ज्यावल्लिङ छात्र छात्रा, भलिवल छात्र छात्रा, र कवर्डी छात्र छात्रा खेलकुद प्रतियोगिता हुने छन् ।

प्रतियोगितामा बंगलाचुली गाउँपालिका भरका ६ वटा माध्यामिक विद्यालयहरुको सहभागीता रहेकोछ । प्रतियोगितामा ६ वटा विद्यालयका करिव २ सय ४० जना विभिन्न विधाका खेलाडीहरुको सहभागिता रहेको छ । बंगलाचुली गाउँपालिका वडा नम्वर ७ का अध्यक्ष एवं विद्यालय व्यवस्थापन समितका अध्यक्ष गिर बहादुर थापाको अध्यक्षता एवं लुम्विनि प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री ईन्द्रजित थारुको प्रमुख आथिथ्यता तथा बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगर (शुवास) को विशिष्ट आतिथ्यतामा खेलकुद प्रतियोगिताको उद्घाटन गरिएको थियो । कार्यक्रममा बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जिसी,बंगलाचुली गाउँपालिका वडा नम्वर ७ का अध्यक्ष एव सरस्वती मावी जवरकोट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गिरबहादुर थापा, लगाएतले बोल्नुभएको थियो । विद्यालयका प्रधाना ध्यापक दिप बहादुर वलीको स्वागत मनतव्यबाट प्रतियोगिताको सुरु भएको थियो ।

प्रतियोगितामा बंगलाचुली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेल,बंगलाचुली गाउँपालिका वडा नम्वर ५ का अध्यक्ष लिला बहादुर घर्ती, आठका अध्यक्ष झविन्द्र बहादुर गाहामगर,शिक्षा शाखा प्रमुख ओम प्रकाश केसी,लगाएत विद्यालयका प्रधानाध्यापक,शिक्षक,अविभावक,विद्यार्थिहरुको उल्लेख्य सहभागिता रहेको थियो । प्रतियोगिता भोलि सम्म चल्ने छ ।

प्रकाशित मिति: मंगलबार, फागुन २, २०७९  २१:२०
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको