Chauthoanga - Nepali News Media
नेपाली राष्ट्रिय क्रिकेट टोलीद्वारा  एकदिवसीय मान्यता जोगाउन सफल

काठमाडौँ - नेपाली राष्ट्रिय क्रिकेट टोलीले एकदिवसीय मान्यता जोगाएको छ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा यूएईलाई हराउँदै एकदिवसीय मान्यता जोगाएको हो । 

आज भएको खेलमा नेपालले यूएईलाई १ सय ७७ रनले हाराएको हो । त्रिवि क्रिकेट मैदानमा नेपालले जितका लागि दिएको २ सय ४९ रनको लक्ष्य पछ्याएको यूएईले २२ ओभर ५ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र ७१  रन बनायो । 

यो जितसँगै नेपालले सन् २०२७ सम्मका लागि एकदिवसीय मान्यता जोगाएको छ ।  नेपालले सन् २०१८ मा एकदिवसीय मान्यता पाएको थियो ।
 

प्रकाशित मिति: आइतबार, फागुन २८, २०७९  १५:२८
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको