Chauthoanga - Nepali News Media
बंगलाचुली गाउँपालिकामा एक जानाको हत्या

कमिरेचौर - दाङको बंगलाचुली गाउँपालिकामा एकजानाको हत्या भएको छ । गाउँपालिकाको वडा नम्वर २ मर्पेस निवासी ३५ वर्षका रेशम सुनारको हत्या भएको वडा अध्यक्ष मैते पुनमगरले जानकारी दिनुभयो ।

सुनारलाई उनका छोरा १८ वर्षिय शिवराज सुनार र श्रीमती वर्ष ३६ की कमला सुनारले मिलेर हत्यागरेको अध्यक्ष पुनले बताउनुभयो । मृतक रेशम सुनारलाई कोदालोको पासाले टाउकोमा हानी हत्या गरिएको अध्यक्ष पुनले जानकरी दिनुभयो । 

 
हत्यामा संलग्न आमा छोरा दुवैलाई प्रहरीले पक्राउगरी सकेको छ । सुनारको घरमा लामोसमय देखि मदिरा खाएर श्रीमान श्रीमती विचमा झगडा भईरने गरेको र हिँजो पनि परिवारमा एक आपसमा विवाद हुँदा छोरा र श्रीमतीले कुटपिट गर्दा ज्यानगएको हुन सक्ने बताईएको छ । मृतको शवसलाई पोस्टमार्टमका लागि राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा लगिएको छ ।  

प्रकाशित मिति: बुधबार, चैत १५, २०७९  ०६:१६
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको