Chauthoanga - Nepali News Media
स्थानीय रेडियोहरूबीच सहकार्यको उद्देश्यसहित 'स्वतन्त्र रेडियो कोलिसन' गठन
स्थानीय रेडियोहरूबीच सहकार्यको उद्देश्यसहित 'स्वतन्त्र रेडियो कोलिसन' गठन विश्व रेडियो दिवसको अवसर पारेर स्थानीय रेडियोहरूको हकहीतमा काम गर्ने उद्देश्यसहित नयाँ संस्था गठन भएको छ । १५ स्थानीय रेडियोहरूको सहकार्यमा मङ्गलबार गठित 'स्वतन्त्र रेडियो सहकार्य नेपाल' ले स्थानीय रेडियोहरूबीच स्रोतसाधन, बजार र कार्यक्रममा समेत सहकार्य गर्ने उद्देश्य राखेको छ ।
सुशासनलाई समृद्धिको आधार बनाउनुपर्छ : मन्त्री शर्मा
सुशासनलाई समृद्धिको आधार बनाउनुपर्छ : मन्त्री शर्मा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले समृद्धिको आधार सुशासनलाई बनाउनुपर्ने बताउनुभएको छ ।  नेपाल उद्योग व्यापार महासङ्घ बागमती प्रदेशको दोस्रो साधारणसभा उद्घाटन गर्नुहुँदै मन्त्री शर्माले सरकारी, निजीलगायत हरेक क्षेत्रमा सुशासनको आधार तयार गरेर मात्र आर्थिक समृद्धि हासिल गर्न सकिने बताउनुभयो । 
लुम्बिनी प्रदेशमा सवारी चालक लाईसेन्स परीक्षालाई व्यवस्थित गर्न डिजिटल हाजिरीको प्रयोग गरिने
लुम्बिनी प्रदेशमा सवारी चालक लाईसेन्स परीक्षालाई व्यवस्थित गर्न डिजिटल हाजिरीको प्रयोग गरिने लुम्बिनी प्रदेशमा सवारी चालक अनुमति पत्रका लागि लिखित  र प्रयोगात्मक परीक्षामा अनधिकृत व्यक्तिहरूको प्रवेश नियन्त्रण गर्न डिजिटल हाजिर गराउने गाएको छ । लिखित र प्रयोगात्मक परीक्षामा फरक फरक व्यक्ति सहभागी भएर अनियमितता हुने गरेको गुनासोको आधारमा मन्त्रीस्तरीय बैठकबाट सो निर्णय भएको बताइएको छ।