दाङमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। बिहीबार साँझ भएको दुर्घटनामा घोराही उपमहानगरपालिका–२, रामपुरका ४० वर्षीय टोपबहादुर वलीको मृत्यु भएको दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो।
इन्डोनेसियामा एक युवकले युवतीसँग नभई राइस कुकरसँग विवाह गरेको घटनाले सामाजिक सञ्जालमा चर्चा पाएको थियो। सन् २०२१ मा सार्वजनिक भएको उक्त घटनामा इरुल अनाम नामका...