Chauthoanga - Nepali News Media
पछिल्लो २४ घण्टामा थप ३ सय ९१ जनामा काेराेना पुष्टि


  
काठमाण्डाैः पछिल्लो २४ घण्टामा तीन सय ९१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी तीन हजार नाै सय ८१ जनाको नमुना परीक्षण गर्दा तीन सय ९१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

२४ घण्टामा कोरोना भाइरस सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन । ४६ जना सङ्क्रमित निको भएका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार दुई सय ७६ जना पुगेको छ । 

२४ घण्टामा एक लाख २१ हजार पाँच सय १५ जनाले कोरोनाविरुद्धको खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, साउन ४, २०७९  १७:३८
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको