Chauthoanga - Nepali News Media
बंगलाचुलीका निवर्तमान अध्यक्ष भक्त बहादुर वलीद्वारा बंगलाचुलीको  बाढिपहिरो क्षतीको अनुगमन

 कमिरेचौर- बंगलाचुली गाउँपालिकाका निवर्तमान गाउँपालिका अध्यक्ष भक्त बहादुर वलीले बंगलाचुलीको बाढिपहिरो पिडितहरु संग भेट गर्नुभएको छ ।

निवर्तमान अध्यक्ष वलीले बंगलाचुली गाउँपालिकाको विभिन्न वडाहरुमा पुगेर क्षतीको अवलोकन गर्नुभएको हो । 

उहाँले बंगलाचुली वडा नम्वर ३,४,५,६,७ र ८ को विभिन्न स्थानमा बाढि र पहिरोले पुराएको क्षेतीको अवलोकन गर्नु भएको हो । उहाँले स्थानियको समस्या र क्षतिको अवस्था अवलोकन गरेको बताउनु भएको छ ।

निवर्तमान अध्यक्ष वलीले आफू एक सामाजिक व्यक्तित्व भएकोले पनि पदमा नरहँदा पनि जनता संग भेटघाट गरेर जनातको पिर व्यथा बुझेको बताउनु भयो ।

सो अवसरमा वडा नम्वर ८ का निवर्तमान वडा अध्यक्ष गिरराज बाँठाको समेत सहभागिता रहेको थियो ।     
 

प्रकाशित मिति: बुधबार, कात्तिक २, २०७९  १८:२७
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको