Chauthoanga - Nepali News Media
९ किलो सुनसहित त्रिभुवन विमानस्थलबाट  क्यानडेली नागरिक पक्राउ

काठमाडौँ - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो सुनसहित क्यानडाका नागरिक पक्राउ परेका छन् । दुबईबाट सुन लिएर आएका क्यानडाका नागरिकलाई विमानस्थलमा चेकजाँचको क्रममा नियन्त्रणमा लिइएको भन्सार विभागका महानिर्देशक चक्र बहादुर बुढाले चौथोअंगलाई जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा मोहम्मद कमल माहगोब छन् । त्रिभुवन विमानस्थल भन्सार कार्यालयको टोलीले गए राति १२ बजे उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । 

उनी फ्लाई दुबईको एफ–२५७३ विमान मार्फत काठमाडौँमा ओर्लिएका हुन् । ३५ वर्षीय माहगोव पहिलोपटक नेपाल आएको बताईएको छ । 

प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९  ०९:५४
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको