Chauthoanga - Nepali News Media
दाङमा श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमान पक्राउ

दाङ - दाङमा आफ्नो श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले श्रीमतीको हत्या गर्ने रोल्पा लुङ्ग्री गाउँपालिका ६ गुम्चाल रोल्पा निवासी ४९ वर्षका कृतिमान बुढालाई पक्राउ गरेको हो । बुढाथोकिले आफ्नी श्रीमती गोविना बुढाथोकिलाई घोराही उपमहानगरपालिका १९ दुईखोली खोलामा कुटपिट गरी हत्या गरेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक राजन कुमार गौतमले जानकारी दिनुभयो । बुढाथोकिले श्रीमतिलाई माघ २१ गते राति कुटपिट गरी हत्या गरेको उहाले जानकारी दिनुभयो । 
दाङ प्रहरी प्रवक्ता एवं प्रहरी उपरिक्षक गौतम द्वारा जारी प्रेस नोटमा भनिएको छ," मिति २०७९माघ २१ गते रातको समयमा जिल्ला रोल्पा लुङग्री गाउपालिका वडा नं. ६ गुम्चाल रोल्पा बस्ने बर्ष ४९ को कृतिमान बुढाथोकीले जिल्ला दाङ घोराही उपमहानगरपालिका १९ मलार दुईखोली खोलामा श्रीमती बर्ष ४४ की गोबिना बुढाथोकीलाई कुटपिट गरी हत्या गरी मिति २०७९ माघ २२ गते बिहान श्रीमति एक्कासी मुटु दुखी बिरामी भई उपचारको लागि घोराही दाङ ल्याउदै गर्दा बाटोमा नै मृत्यु भएको छ भनि झुट्ठा बिबरण दिईनिजको श्रीमानले प्रहरी चौकी दुइखोलीलाई खबर गरे पश्चात तत्काल परिचालन भएको प्रहरी अधिकृत सहितको अनुसन्धान टोलीलेलासको अबस्था, घटनास्थलको प्रकृति लगाएतका बिभिन्न पक्षहरुको अध्ययन गर्दा घटना शंकास्पद देखिएकाले मृतकको श्रीमान कृतिमान बुढाथोकीलाई तत्कालै नियन्त्रणमा लिई आवश्यक सोधपुछ गर्दा निज आफैले नै मिति २०७९ माघ २१ गते राति कुटपिट गरी हत्या गरको देखिएको हुदा निज कृतिमान बुढाथोकीलाई सम्मानित दाङ जिल्ला अदालतबाट म्याद लिई अनुसन्धान कार्य अगाडि बढाइएको छ ।"


 

प्रकाशित मिति: सोमबार, माघ २३, २०७९  २०:१३
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको