Chauthoanga - Nepali News Media
खाना पकाउने क्रममा कपडाबाट सल्केको आगोले जलेर एक महिलाको मृत्यु
खाना पकाउने क्रममा कपडाबाट सल्केको आगोले जलेर एक महिलाको मृत्यु दाङमा खाना पकाउने क्रममा कपडाबाट सल्केको आगोले जलेर एक महिलाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ कटकुईयाँका ४४ वर्षकी लक्ष्मी चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता नवचन्द्र मल्लले जनकारी दिनुभयो । 
बंगलाचुली गाउँपालिका गाउँकार्यपालिका बैठक: एकघर एकधारा कार्यक्रम सहलगानीमा संचालन गर्ने  प्रस्ताव अनुमोदन 
बंगलाचुली गाउँपालिका गाउँकार्यपालिका बैठक: एकघर एकधारा कार्यक्रम सहलगानीमा संचालन गर्ने  प्रस्ताव अनुमोदन  बंगलाचुली गाउँपालिका गाउँकार्यपालिका बैठक आज सम्पन्न भएको छ । बैठकले एकघर एकधारा कार्यक्रम नेपाल सरकार, खानेपानी मन्त्रालय, सिंहदरबार काठमाडौं र गाउँपालिकाको सहलगानीमा संचालन गर्ने  प्रस्तावलाई अनुमोदन गरेको छ । गाउँपालिकाले अब खानेपानी मन्त्रालय संग सहलगानिमा एकघर एकधारा कार्यक्रमलाई संचालन गर्ने बंगलाचुली गाउँपालिकाका प्रवक्ता शोभाराज विश्वकर्माले जानकारी दिनुभयो । 
मन्त्री मास्कीको पहलमा ५ बर्षपछि ट्युवेल निरीक्षण 
मन्त्री मास्कीको पहलमा ५ बर्षपछि ट्युवेल निरीक्षण  दाङको बबई गाउँपालिकामा तीन वटा डिप ट्युबेल निर्माणकालागि स्थलगत अवलोकन गरिएको छ । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीको निर्देशनमा भूमिगत,जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय दाङको टोलीले हिजो स्थलगत निरीक्षण गरेको हो ।
घोराही-पूरुङ-तापा जोड्ने भित्री सडक खण्डमा बस सेवा सुरु, हेर्नुहोस् यस्तो छ भाडा दर
घोराही-पूरुङ-तापा जोड्ने भित्री सडक खण्डमा बस सेवा सुरु, हेर्नुहोस् यस्तो छ भाडा दर दाङको बंगलाचुली गाउँपालिका वडा नम्वर ४ को पूरुङ-फाँटा-नुनजेला-वागी काभ्रे-तल्लोकाभ्रे-धामिचौर हुदै ठाँटीगैरा जोड्ने सडक खण्डमा बस सेवा सुरुगरिएको छ । घोराही-हर्नोक- पूरुङ-फाँटा-नुनजेला-बगी काभ्रे-तल्लोकाभ्रे-धामिचौर हुदै तापा सम्मको रुट भयर यात्रुवहाक सब संचालनमा आउने वडा अध्यक्ष डाँस बहादुर डाँगीले जानकारी दिनुभयो ।